शरणार्थी दुर्व्यवहारबारे जर्मनीमा छानवीन

शरणार्थीको आवेदन दिएकाहरूमाथि अत्यन्त तल्लो स्तरको दुर्व्यवहार गरेको केहि फोटोहरू मिडीयामा आएपछि जर्मनीमा छानवीन शुरू भएको छ ।

Germany refugee abuseबुरबाक (Burbach) मा रहेको शरणार्थी सेल्टरमा एक अल्जेरियनलाइ गरिएको अमानवीय यातनाको सेलफोन भिडियो फुटेज मिडियामा आएपछि प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
सो सेल्टरको सुरक्षासम्बन्धी जिम्मा दिइएको प्राइभेट कम्पनीको कन्ट्र्याक खतम गरिएको छ भने सेल्टरमा रहेका ७०० जनासँग अन्तरवार्ता लिइएको बताइएको छ । शरणार्थी हितका लागि काम गर्ने सँस्थाहरूले त्यहाँ रंगभेदी व्यवहार गरिएको आरोप लगाएका छन् । यो विषयले अहिले जर्मनीमा ब्यापक चर्चा पाइरहेको छ ।