व्यवसायी संघ बेल्जियमद्वारा व्यावसायिक गोष्ठीको आयोजना

नेपाली व्यवसायी संघ बेल्जियमले बेल्जियममा व्यावसाय संचालन गर्दै आइरहेका व्यवसायीहरुलाई व्यावसाय सम्वन्धि nebabजानकारी उपलब्ध गराउने उद्वेश्यले सेमिनारको आयोजना गरेको छ ।

कार्यक्रममा सम्वन्धित विज्ञद्वारा व्यवसाय सम्वन्धि  महत्वपुर्ण तथा समयसामयिक जानकारी प्रदान गरिने भएको छ ।उक्त  सेमिनारमा सहभागी हुन इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको छ। कार्यक्रम सोमवार ११  अप्रिलका दिन अन्त्वेर्पेंन स्थित नेशनल होटलमा दिनको ११:३० देखि ३ बजे सम्म हुदैछ। कार्यक्रममा सहभागी हुन् चाहनेहरुको लागी प्रवेश शुल्क ५० युरो रहेको छ भने ।

सेमिनारमा विशेष गरेर Blackbox र  Flexi-jobs का साथै व्यवसाय सम्वन्धि अन्य बिबिध विषयमा जानकारी प्रदान गरिने संघका महासचिव यमु निरौलाले बताए ।

सहभागी हुन् चाहनुहुने सस्थाको इमेल nebab1517@gmail.com वा ०४८६८१७४४७ , ०४९८८५१६५३ मार्फत जानकारी गराउन सकिनेछ ।