व्यवसायी संघ बेल्जियमको अध्यक्षमा भट्ट

नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा चेतप्रसाद भट्ट निर्वाचित भएका छन। सोमवार बेल्जियमको अन्त्वेर्पेनमा NBसम्पन्न संघको पाचौ अधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी दुई बर्षे कार्यकालको लागी उपाध्यक्षमा केशव चापागाई, गंगाप्रसाद शर्मा, विनोद धिताल, केदार जोशी र कृष्ण रेग्मी निर्वाचित भएका छन ।

त्यसै गरी महासचिवमा यामु निरौला, सचिवमा तेजेन्द्र कडेल, कोषाध्यक्ष घनश्याम काफ्ले, सह कोषाध्यक्ष रमेश दाहाल रहेका छन भने सदस्यहरुमा राजु घिमिरे, अर्जुन तिवारी, कमल पन्थी, कृष्ण श्रेष्ठ, इन्द्र ओली, अर्जुन दाहाल, शालिकराम थपलिया, पवन सुवेदी, चिरन खवास, रजनी प्रधान र झलक केसी निर्वाचित भएका छन।

NBMहरिकुमार थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर घनश्याम भण्डारी, एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएन महिला सह संयोजक रजनी प्रधान, एनआरएन युरोप उप संयोजक प्रेम गुरुङ लगायत थुप्रै नेपालीहरु उपस्थित थिए।NMN

२००६ मा स्थापना गरिएको संघमा १३५ व्यवसायी सदस्य रहेका छन भने करिब २०० व्यवसाय संचालनमा रहेको अनुमान गरिएको छ।