वैदेशिक रोजगारीबाट फर्केकी महिलाको पीडा– न पैसा बँच्यो, न श्रीमान् आफ्ना

विदेशमा रगत–पसिना बगाएर पठाएको रकम कुम्ल्याएर श्रीमानले सौता भित्र्याएपछि भक्तपुर इनाचो ६ की ४३ वर्षकी रीता शाक्य घर न घाटको भएकी छिन् । वैदेशिक रोजगारका क्रममा इजरायल पुगेकी रीताले श्रीमान भुवन शाक्यको नाममा पटक पटक गरी ७२ लाख रुपैयाँ पठाएकी थिइन् । तर, फर्केपछि उनले आफूले पठाएको रकम त परै जाओस्, रात काट्ने बाससमेत पाउन सकिन्न् । अहिले उनी ललितपुर इमाडोलस्थित आफन्तको घरमा डेरा लिई बस्दै आएकी छिन् ।

‘कमाएको जति सबै रकम श्रीमानलाई पठाएँ । तर, उनले हदैसम्मको बदमासी गरे । पठाएको सबै रकम खाए, सौता ल्याए । हुँदा–हुँदा घरबाटै निकाले । अहिले त सुकुम्बासी पो भइयो,’ उनले भनिन् । रीताका अनुसार विदेशबाट फर्केदेखि नै उनले गुमेको रकम फिर्ता गराउने प्रयास थालिन् । यसक्रममा धेरैपटक प्रहरी कार्यालयमा धाइन् । प्रहरीका हाकिमलाई पीडा सुनाईन् । प्रहरीले श्रीमान भुवनलाई पक्राउ पनि गर्‍यो, तर भुवनको पक्षमा टोलबासी नै लागेपरेपछि उनको केही लागेन । अन्ततः उनले भक्तपुर नै छाड्नुपर्‍यो ।

nepali maidरगत–पसिनाले कमाएको रकम मात्र होइन, सर्वस्व गुमाउन पुगेकी उनी अहलिे एक छोरा र छोरीसँगै बस्छिन् । तर, ज्यानमाथिको खतरा अझै पनि टरेको छैन् । उनले भनिन्–’हामीमाथि खतरा छ । मलाई मारे त केही फरक पर्दैनथ्यो । मेरा छोराछोरी छन् । अस्ति मात्रै छोरालाई डेरानजिक आएर कुटे । भक्तपुर त जानै हुन्न । पैसाको कुरा गर्‍यो कि झम्टिहाल्छन् ।’

यता भूवनले भने रीतालाई आफूले निकालेको नभई आफै निस्केर गएको बताउँछन् । रीताले भनेजति रकम आफूले नपाएको भन्दै उनले भने, ‘अलिअलि पठाउँथिन, घरको ऋण थियो, छोराछोरी पढाउनुपथ्र्यो । खर्च गर्दा सकिहाल्थ्यो नि । छोराछोरी पढाउनु उनको पनि कतव्र्य हो ।’ छोराछोरी निकालेको विषयमा भने उनी बोल्न नचाहेको नयाँ पत्रिकामा खबर छ ।