विश्व साईकल यात्री कार्की बेल्जियममा

10462720_10201129292433104_8331833740435665201_nविश्व साईकल यात्री एल.बि कार्की(परदेशी साईला)बेल्जियम आईपुगेका छन्|दिगो शान्ति र सच्चा मानवता,सबले बुझौ संसारको आवश्यकता भन्ने नारा लिएर अमेरिका,अफ्रिका र एसियाका थुप्रै देशहरुको भ्रमण गरीसकेका कार्की युरोप यात्राको क्रमममा मंगलवार बेल्जियम आएका हुन्|

सगरमाथा नेपालमा पर्छ,भगवान बुद्व नेपालमा जन्मेका हुन भन्दै विश्व सामु नेपाललाई चिलाउने उद्वेश्यले सन् २००४ देखि आफ्नो अभियानमा निस्केका कार्कीको यो १०२ औ देश हो|उनि युरोप यात्राको क्रमममा गत मे २९ मा जर्मनी आएका थिए|

सन् २०१७ सम्ममा १५३ देशको भ्रमण गर्ने लक्ष्य लिएका कार्कीले आफ्नो यात्राको क्रममा ‘बुद्व नेपालमा जन्मेका हुन्,सगरमाथा नेपालमा पर्छ’ भन्ने संदेश प्रवाह गर्दै आएका छन्|