विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति मनाउने

विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति बिभिन्न सास्कृतिक कार्यक्रमको साथ मनाउने भएको छ| कार्यक्रम यहि जनवरी ३१ मा लुभेन स्थित ओन्स हाउसमा हुदैछ| कार्यक्रममा लोक दोहोरी गायक कुलेंद्र बिक र गायिका सम्झना लामिछाने मगरले मनोरञ्जन प्रदान गर्ने छन| उनीहरुलाई स्थानीय कलाकारहरुले पनि साथ दिने भएका छन|

कार्यक्रम दिनको ३ बजेबाट शुरु हुनेछ भने प्रवेश शुल्क युरो २० रहेको छ|कार्यक्रममा खानाको समेत वितरण गरीने भएको छ|

मगर संघ बेल्जियमले माघेसंक्रान्तिलाई आफ्नो प्रमुख चाडको रुपमा मनाउदै आएको छ|  magar sangh belgium