विश्वकप फुटबलमा ब्राजिल र जर्मनीको भिडन्त आज

ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइलमा खेल हुँदैछन् । आज हुने सेमिफाईनलमा ब्राजिल र जर्मनी भिड्ने छन् र भोलि हुने सेमिफाईनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्ने छ । ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम चारमा पुगेका हुन् ।
brazil_vs_germany_fifa_world_cupआज हुने भिडन्त दुई कडा राष्ट्रबीचको युद्ध हो, जहाँ ब्राजिल आफ्नै घरमा विश्वकप जित्ने वर्षौंपछि पाएको बल्लबल्लको मौकालाई पूर्णता दिन चाहन्छ, त्यहीं जर्मनी १९९० पछिका उपाधिहीन यात्रा तोड्न चाहन्छ, त्योभन्दा बढी उनीहरू फेरि तेस्रो स्थानको लागि खेलेर सजाय पाउन चाहँदैनन्। ५ पटकको विजेता ब्राजिल र ३ पटकको विजेता जर्मनी दुबै एक से एक छन् । हाल फिफाको रेङ्किङ् मा जर्मनी दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।
चर्चा नेयमारको र ब्राजिलको जित्नै पर्ने खेलको:
नेयमार घायल छन् र खेल्न सक्दैनन्। विश्वकपको ब्राजिल र जर्मनीबीचकौ सेमिफाइनलको मुख्य चर्चा र चासो नेयमारको चोटमा केन्द्रित भएको देखिन्छ। तर ब्राजिलको ध्यान भने आत्मविश्वास बटुल्ने र विश्वकपको उपाधि अभियान साकार पार्नेतिर केन्द्रित भइसकेको छ। नेयमार नहोस् वा क्याप्टेन थियगो सिल्भाको अनुपस्थिति, ब्राजिल जसरी पनि जित्न चाहन्छ ।
ब्राजिलका लागि नराम्रो समाचार अरू पनि छ। उनीहरू थोमस मुलर, मेसुट ओजिल र रणनीतिकार जोचिम लोको नीति विरुद्ध खेल्नुपर्नेछ। लोले पहिल्यै सावधान गरीसकेका छन्- ब्राजिल जित्नै पर्ने मानसीकताले बल प्रयोग गरेर खेल्दैछ । क्वाटरफाइनलमा उसका खेलाडीहरू कोलम्बियाविरूद्ध बेस्करी खनिए । उनले रेफ्रीलाइ सफा खेलको लागि ध्यान दिन अाग्रह गरेका छन् ।