विश्वकप छनोटको लागी राष्ट्रिय टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार विश्वकप फुटबल २०१८ र २०१९ को एसियन कपको प्रारम्भिक छनोटको लागी सागर थापाको नेतृत्वमा २४ nepali football teamसदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ|

नेपालले प्रारम्भिक छनोटमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ | नेपाली टोली शनिबार कोलकत्ता प्रस्थान गर्नेछ | एसियन कप २०१९ को छनोटको रुपमा पनि रहेको प्लेअफको पहिलो खेल नेपालले भारत संग भारतको गुवहाटीमा फागुन २९ गते खेल्दैछ| यस्तै दोश्रो खेल नेपालको दशरथ रंगशालामा चैत तीन गते खेल्नेछ।

त्यसमा सफलता हात पारेमा नेपाल छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ र त्यसपछि समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ|

नेपाली टोली

गोलरक्षककिरण चेम्जाङ, रितेश थापा र विकेश कुथू|

डिफेन्डरः अनन्त तामाङ, विराज महर्जन, दीनेश राजबंशी, रविन श्रेष्ठ, रञ्जित धिमाल, रोहित चन्द, सागर थापा, सन्दिप राई|

मिड फिल्डरः भोला शिलवाल, विक्रम लामा, विशाल राई बी, हेमन गुरूङ, जगजित श्रेष्ठ, राजु तामाङ, शिव श्रेष्ठ|

फरवार्डःअनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर, अन्जन विष्ट|

खेलाडीहरु मध्ये अञ्जन, दिनेश, अनन्त र विमल यु १७ बाट परेका हुन्|