विश्वकपको उद्घाटनमा लोपेजले गीत गाउने

J. Lopezविश्वचर्चित महिला पप सिंगर जेनिफर लोपेजले विश्वकपको उद्घाटन समारोहमा गीत गाउनेछिन्। साओ पाउलोको स्टेजमा लोपेजले विश्वकपअन्तर्गत आधिकारिक गीत ‘वि आर वान (ओले ओले)’ गाउने द इन्डेपेन्डेन्टले जनाएको छ। उनका साथमा पिटब’ल तथा ब्राजिलियन पपस्टार क्लाउडिया लेइटेले पनि सहभागिता जनाउनेछन्।

गायिकाका प्रतिनिधिले पिपल नामक म्यागेजिनमा बताए– ‘उनी त्यहाँ ह’नेछिन्। जेनिफरले विश्वकप उद्घाटन समारोहमा सहभागिता जनाउन सधैं चाहेकी छिन्। हामीले सेडय’ल मिलाउन कोशिस गरिरहेका छौं। अगाडि आएको वक्तव्य अपरिपक्व थियो। जेनिफरले फ’टबलका समर्थक र उनका समर्थकलाई निराश पार्न चाहेकी छैनन्।’

ब्राजिल र क्रोएसिया खेल्न’अगाडि जेनिफरले स्टेजमा आएर ब्राजिलको रंगशालामा आफ्नो जाद’ई आवाजले मन्त्रम’ग्ध पार्ने भनेपछि आयोजकका समर्थक ज्यादै ख’सी भएको पनि पत्रिकाले जनाएको छ। चार वर्षअघि शाकिराले वाका वाका (दिस टाइम फर अफ्रिका) मा उद्घाटन समारोहमा प्रस्त’त भएकी थिइन्। ज’न विश्वभरि चर्चित भएको थियो। तर यसपटक प्रायः जसो ब्राजिलीहरू गीतबाट निराश भएका छन्।