विमल युरोपियन क्लब आन्दरलेखमा अनुबन्ध

युरोपियन फुटबल च्यम्पियनसीपमा खेल्ने बेल्जियन क्लब आन्दरलेखले नेपाली युवा फुटबलर विमल घर्तीमगरलाई अनुवन्धन गर्ने भएको छ ।

Photo: Goal Nepal
Photo: Goal Nepal

बेल्जियमको क्लब एन्डरलेक्टले विमललाई आफ्नो एकेडेमीमा लिने भएको हो । एन्फा अधिकारीका अनुसार ’एक सिजनका लागि आन्दरलेखले विमललाई आफ्नो एकेडेमी टिमका लागि लिने भएको छ ।’

विमल आन्दरलेखमा दुई महिना प्रशिक्षण गरेर जेठ १८ गतेमात्र स्वदेश फर्किर्का थिए । प्रशिक्षणकै क्रममा विमलले सो क्लबका लागि यू-१७ फ्युचर कपमा गोल समेत गरेका थिए । फेनरवाचलाई २-० ले हराउँदै सेमिफाइनलमा पुग्दा एक गोल गरेका उनले अर्को गोलका लागि पास समेत मिलाइदिएका थिए । स्वेदश फर्किएपछि उनले अब युरोपमा खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

त्यसअघि उनले नेदरल्याण्डको एफसी ट्वान्टेमा ट्रायल दिएका थिए ।

नवलपरासीका विमल २ वर्षअघि एन्फा एकेडेमीबाट छनोट हुँदै काटमाठडौं आएका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै विमलले १५ वर्षको उमेरमा पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।

 

  • Post category:खेल