विपक्षी मोर्चाको ‘शक्ति प्रदर्शन’, नेताहरुको जोड आन्दोलनमै

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले ठूलो संख्यामा कार्यकर्ता र जनता उतारेर सरकार र विश्व शक्तिलाई आफ्नो पक्षमा जनसमर्थन रहेको देखाउन काठमाडौंमा ‘शक्ति प्रदर्शन’ नामक सभाको आयोजना गरेको छ | सहमतिमा संविधानका लागि दवाब दिन आयोजना गरेको सभामा मोर्चाका नेताहरुले बहुमतीय प्रक्रियाबाट संविधान बनाउने गल्ती नसच्चिए सम्झौताविहीन आन्दोलन गर्ने चेतावनी दिएका छन् |

काठमाडौंको खुलामञ्चमा शनिबार भएको ३० दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान बनाउने गल्ति नसच्याए आन्दोलनबाट हुने परिणाम भोग्न तयार रहन चेतावनी दिदै संविधानसभाभित्र रहेका र बाहिर रहेकालाई पनि सहमतिमा ल्याउन सत्तारुढ कांग्रेस-एमालेलाई आब्हान गरे| उनले समय छदै गल्ति नसच्याउने हो भने अब हुने आन्दोलन विद्रोहमा परिणत हुने उल्लेख गर्दै काठमाडौंमा भएजस्तो सभा जिल्ला जिल्लामा हुने बताए | दाहालले ‘यस्ता सभा अब जिल्ला जिल्लामा हुन्छन्, जिल्ला कब्जा भयो भने के भन्छौ ?’ प्रश्न गरे|दाहालले सहमति र वार्ता विपक्षीले नभई सत्तापक्षले तोडेको उल्लेख गर्दै समय छदै बहुमतीय प्रक्रिया रोकेर संवाद समितिमार्फत सहमतीय प्रक्रियाबाट संविधान जारी गर्ने बाटो अबलम्बन गर्न आग्रह गरे|

सभामा भट्टराईले बहुमतीय प्रक्रियामा लगेसँगै संविधानसभा अपहरण भएको भन्दै त्यसलाई फिर्ता गर्न आन्दोलन गर्नु परेको जनाए | उनले सत्तारुढ दलले ०४७ सालको संविधान फिर्ता ल्याउने प्रयास गरेको आरोप लगाउदै आफुहरु विगतका सहमति र सम्झौता पालना गर्दै नयाँ संविधान जारी गर्नुपर्ने पक्षमा रहेको बताए|

त्यसै गरी मधेसी दलका नेताहरुले विगतमा भएका सम्झौताहरु कार्यान्वयन वातावरण नबनेसम्म आन्दोलन नरोकिने चेतावनी दिए | मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले  विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए | उनले काग्रेस-एमाले लाई आखामा लगाएको पट्टि खोल्न आग्रह गर्दै माओवादी, मधेस, थारु, आदिवासी आन्दोलनलाई उपेक्षा नगर्न आग्रह गरे|

मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादवले कांग्रेस-एमालेलाई  बहुमतको दम्भ नदेखाउन चेतावनी दिए| उनले दम्भ नत्यागे विद्रोहबाट काठमाडौं कब्जा गरेर अधिकार सहितको प्रदेशहरु जनताले बनाउने चेतावनी दिए|

तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली परिवर्तन बिरोधी रहेको आरोप लगाउदै सबथोक आन्दोलनबाटै लिने बताए| त्यसै गरी राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले काग्रेस र एमालेले बिगतमा गरेका सहमतिको पालाना नगरेर जनतालाई ठगेको बताए|

गत माघ  ११ मा   विपक्षी मोर्चाको विरोधका वीच प्रश्नावली  संविधान सभाको दुई तहाई बढी मतले प्रश्नावली प्रस्ताव समिति बनाएपछि चिढिएको विपक्षी मोर्चा आजको सभापछि मात्र सत्तारुढ दलको रवैया हेरेर सम्वादमा फर्किने नीति लिएको छ भने सत्तारुढ प्रमुख दल कांग्रेस र एमाले शनिवारको प्रदर्शन सकिएपछि एमाओवादीसहितको विपक्षी मोर्चा वार्ता आउने भन्दै त्यसको पर्खाइमा बसेका छन् |morcha