विद्या बालन र परेश रावलले पाए पद्मश्री

भारत सरकारले प्रदान गर्ने प्रतिष्ठीत पद्मश्री सम्मान विद्या बालन र परेश रावलले पाएका छन् ।

आठ बर्ष अघि मात्रै बलिवुडमा कदम राखेकी बिद्या बालनलाई बलिवुडमा आयु त्यती लामो छैन भनथे ।

actors2014चाक्लो अनुहार भएकी बिद्या २८ बर्षको उमेरमा सैफ अलि खानसंग परिणीता फिल्म खेलिन ।फिल्मबाट अवार्ड पनि हात पारिन ।विद्याले ऊक्त फ्लिमबाट डेब्यु बेस्ट फिमेलमा फिल्म फेयर अवार्ड पाइन् । बेस्ट एक्ट्रेसको अवार्ड हात पारन भने ४ बर्ष नै पर्खनु पर्यो ।

बिद्याले नो वन किल्ड जेसिका , द डर्टी पिक्चर्रस् हुदै कहानी सम्म आइपुग्दा बेस्ट एक्ट्रेसको पाँच अवार्ड हात पारिन ।

स्क्रिन अवार्ड्सम्म अपनी त्यती नै संख्यामा अवार्ड जितेकी विद्यालाई अर्को सफलता मिलेको च उनले हिजो मात्रै पद्श्री पुरस्कार बाट सम्मानित भएकी छिन् ।

गणतन्त्र दिवस पारेर आइतबार भारत सरकारले बिद्यालाई पद्माश्रीबाट सम्मान गरेको हो ।
म त काँपिरहेकी छु, खुसीले पागलजस्तै भएकी पनि छु, विद्याले भनिन्, म सम्मानित भएकी छु । यति बेला मैले अनुभव र आभार व्यक्त गर्नका लागि शब्दहरू नै पाइरहेकी छैन, विद्याले भनिन् ।

उनले उक्त अवार्डलाई परिवारमा समर्पित गर्न चाहेको पनि खुलाइन् । पद्मश्री सम्मान पाउनेमा विद्याबाहेक अभिनेता परेश रावल पनि छन् ।
अर्का अभिनेता कमल हसनले भने पद्म विभूषण प्राप्त गरेका छन् ।