विदेशमा पनि चन्दाले हैरान नेपाली

donateनेपालमा जबरजस्ती चन्दा संकलन गर्न अभ्यस्त भएकाहरु मध्ये केहीले नेपालहरू रहेका बिदेशी मुलुकमा गएर पनि जबरजस्त चन्दा उठाउने र देशकै बेइज्जति गर्न थालेको भन्दै बिरोध हुन थालेको छ। गत केही महिना देखि दक्षिण कोरियाको बिभिन्न भागमा नेपाली बिपन्न घरपरिवार तथा समाजको तस्बिर देखाउदै चन्दा उठाउने केही ब्यक्तिहरुलाई स्थानीय र नेपालीहरुले पक्रेर नेपाली राजदुताबासमा बुझाएका थिए । यस्तो घृणित कार्यगर्नेहरूलाइ नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वसहकारी मन्त्री एकनाथ ढकालले ३ महिने टुरिष्ट भिसामा कोरिया पठाएको कुरा पक्राउ पर्नेहरुबाट खुलेको छ।
गत हप्ता मलेसियाबाट सनसनीपूर्ण खबर आयो । मलेसियाको जोहोरस्थित पासिर गुडाङमा हतियारधारी समूहले नेपाली माथि सांघातिक आक्रमण गर्दा ६ नेपालीको मृत्यु भन्ने हल्ला फैलियो । पछि मलेसियास्थित नेपाली राजदुताबासले सो आक्रमणमा कसैको हताहती नभएको र दुईजना नेपाली घाइतेको हस्पिटलमा उपचार भैरहेको पुष्टि गरेको थियो। कम्पनीमा काम गर्ने क्रममा एक अबैधानिक रुपमा काम गरिराखेका नेपाली र दुईजना बैधानिक रुपमा काम गरिराखेका नेपालीबीच सामान्य बिबाद परेर सो घटना भएको रहस्य खुलेको थियो। अबैधानिक रुपमा काम गरिरहेका नेपालीले स्थानीय युवाहरुलाई बोलाएर कुटन लगाएपछि घटनाले उग्र रुप लिएको थियो ।
त्यसैगरी नेपालीहरुको बसोबास रहेको र नेपाली कामदार रहेका अमेरिका, बेलायत, अरब लगायतका देशहरूमा पनि चन्दा उठाउने र फाइदा लिनेहरू बढ्दै गएको देखिएको छ । नेपालमा कोही बिरामी भएको वा निर्माण गर्ने बहानामा चन्दा उठाउने गरिन्छ तर ती चन्दाको सदुपयोगिताबारे बारम्बार प्रश्न उठ्ने गरेका छन् ।