लुभेन-लक्जेम्बर्ग भ्रमणको आयोजना

बेल्जियमका नेपालीहरुले समर भ्रमणको रुपमा लक्जेम्बर्ग जाने भएका छन|लुभेन देखि लक्जेम्बर्ग सम्मको एक दिने भ्रमणको लागी बसको व्यवस्था LuxembourgCityMapगरीएको छ|यहि अगस्त १० आईतवार बेल्जियमको लुभेन स्थित डायमण्ड कम्युनिकेशन नजिकैबाट भ्रमणको शुरुवात गरीनेछ|बिहान ठिक ८.३० बजे शुरु गरीने भ्रमण बेल्जियमका विभिन्न शहर हुदै लक्जेम्बर्ग पुगी त्यहाका बिभिन्न शहरको परिक्रममा गरी बेलुका फर्किने कार्यक्रम रहेको छ|

भ्रमणको निम्ति प्रतिब्याक्ति युरो २५ तोकिएको छ|भ्रमण शुल्कबाट प्राप्त मुनाफा नेपालको दार्चुला जिल्लाका आङ खस्ने रोगबाट पिडित महिलाहरुको उपचारको सहयोगार्थ पठाईने एनआरएन बेल्जियम महिला तथा कार्यक्रम संयोजक यशोदा थापाले थापाले जानकारी गराईन |