प्रताप लामा तेश्रो नेपाली तारा

नेपालको सबैभन्दा प्रतिष्ठित सांगीतिक रियालीटी सो नेपाली तारा ३ को उपाधि मोरङका प्रताप लामाले हात पारेका छन् | pratap lamaकाठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार आयोजना गरिएको एक भव्य कार्यक्रम माझ प्रताप लामा कोका–कोला नेपाली तारा ३ का विजेता घोषित भएका हुन्|

लामाले  प्रतिस्पर्धाको ग्राण्ड फिनालेमा देबेश राई र सुरेस लामालाई पछि पार्दै उक्त सांगीतिक रियालीटी सो जितेका हुन्| निर्णायकको अंक र भोटिङको आधारमा बिजेता छनोट गरीएको थियो|

नेपाली ताराका पहिलो र दोस्रो संस्करणका विजेताहरु दीपक लिम्बु र सन्तोष लामाले प्रताप लामालाई ट्रफि दिएका थिए| लामाले बजाज डिस्कोभर बाइक समेत प्राप्त गरेका छन् | एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले उक्त बाइकको साँचो हस्तान्तरण गरेका थिए| यसका साथै प्रताप लामाले २ लाख ५० हजार नगद पुरस्कार पनि प्राप्त गरे |

प्रतियोगितामा पहिलो रनर अप भएका देबेस राईले ५० हजार र दोस्रो रनर अप भएका सुरेश लामाले २५ हजार प्राप्त गरे| यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन् | अन्तिम ५ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गरेका थिए|

कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अष्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् |

अन्तिम ५ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गरेका थिए| यसका साथै कार्यक्रमका उत्कृष्ट १० प्रतियोगीहरुले गाएको एल्बम “कोका–कोला नेपाली तारा सिजन ३ टप १०” एल्बम प्रेजेन्टेड बाई रोयल स्ट्याग मेगा म्युजिक पनि विमोचन गरिएको थियो|

भदौ १७ मा धरानबाट शुरु भएको नेपाली तारा ३ को यो यात्रा नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौँ आएको थियो|