लन्डनमा नेपाली सामानको सुपरमार्केट

London-Supermarketनेपाली खाद्य सामग्री लन्डनमा अझ सुलभ रूपमा पाइने भएको छ । बेलायतको राजधानी लन्डनमा नेपालीहरुले ‘एभरेस्ट सुपरमार्केट’ सुरु गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका पोखराका लक्षबहादुर गुरुङको संयोजकत्वमा सुपरमार्केट शुरू गरीएको हो ।
सो सुपरमार्केट लन्डनको साउथ ह्यारोमा छ । एभरेस्ट सुपरमार्केटले नेपाली समुदायलाई लक्षित गरि सुपरमार्केट सञ्चालनमा ल्याएको हो । करिब १० नेपालीले रोजगारीसमेत पाएको एभरेस्ट सुपरमार्केटका संचालकहरुले दिएको जानकारी अनुसार बेलायतमा बस्ने नेपालीको सकरात्मक सहयोग र सुभेच्छा प्राप्त गर्न सफल हुने अपेक्षा रहेको छ । संचालकहरुका अनुसार नेपालमा पाइने अधिकांश खाद्य सामग्री एभरेस्ट सुपरमार्केटमा उपलब्ध छ।