लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय कलाकार मन्च युरोप माहाशाखाका वरिष्ठ उपाध्यक्ष तथा निबर्तमान सचिब बेनी ढुंगाना सम्मानित भएका हुन् । गत जुलाई १ तारिख बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भएको अवार्ड कार्यक्रममा दुवै जना सम्मानित भएको कुरा संचार माध्यामहरुमा आएको थियो । सम्मान गरिएको बारे तेजेन्द्र कंडेलसंग जीज्ञाँसा राख्दा उनले यो सम्मान  सम्पूर्ण नेपाली कलाकर्मीहरुको सम्मान भएको बताए  । कँडेल र ढुंगानाले गीतमा मोडलिङ पनि गर्दै आएका छन्  भने युरोपका हरेक सामाजिक गतिविधिहरुमा सांस्कृतिक गरिमा र नेपाली पहिचानलाई कला क्षेत्रको माध्यामबाट  युरोप भरि प्रचार प्रसार गरिरहेका छन् ।
बेल्जियममा रहेर पनि नेपाली कलाकारिताको उत्थानमा लागि रहेकोले आयोजकको आग्रहमा उनीहरुलाई सम्मान गरिएको  बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बताए ।

बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल गु्रपको संयुक्त आयोजनामा  नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायिका, प्राविधिक र अन्य फिल्मकर्मीहरुलाई  पुरस्कार स्वरुप मेडल र सम्मान पत्र प्रदान गरिएको हो । अवार्ड समारोहमा विगत लामो समयदेखि वेलायतमा बस्ने बुद्धिजिवी, व्यापारी, समाजसेवी र नेपाली चलचित्र र कलासंस्कृतिलाई माया गर्ने दर्शकहरुको समेत  सहभागिता थियो ।

दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रमका लागि नेपालबाट झण्डै दुई दर्जन कलाकार लन्डन आएको आयोजकले जानकारी दिएका छन् ।

कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि निर्देशक , कलाकार र गायककार  लण्डन आएका थिए ।

-डिल्ली राम अम्माई