लन्डनको दौडमा नेपाली युवा, कुकुर सहित

  • युरोप कै राजधानी व्रसेल्स निवासी नेपाली युवा सन्तोष खड्का परोपकारी उद्देश्यका साथ साहसिक दौडमा निस्किएका छन्। शनिवार वेलायतको लण्डनमा आयोजना गर्न लागिएको प्रतिस्पर्धाका लागि उनी शुक्रवार नै लण्डन पुगिसकेका छन्।bebu walk‘अक्सफाम’ नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले प्रतियोगिताको प्रवन्ध मिलाएको छ। पन्ध्र घण्टामा सय किलोमिटर दूरी पार गर्नु यसको विशेष कठिनाई मानिएको छ जहाँ विभिन्न समुहहरु प्रतिस्पर्धात्मक मैदानमा उत्रिएका छन्। तीस घन्टामा पार गर्ने भनिएता पनि आधा समयमा निर्धारीत दुरी पार गर्ने उनको लक्ष्य छ। ‘वेवु’ नाम दिईएको उनको समुहमा उनका भाइ विकि सहित अन्य दुई जना रहेका छन्। आश्चर्य लाग्दो त के छ भने उनीहरुको समुहको सहभागिमा कुकुर पनि जोडिएको छ। सहभागी कुकुरको नामबाट उक्त समुहको नाम राखिएको हो – वेवु । (फोटो वेवुको हो)नेपालका अनाथ वालवालिकाहरुको शिक्षामा रकम जुटाउनु आफ्नो सहभागितको प्रमुख कारण रहेको उनले वताए । यो सानो अभियानले केही अनाथ भाइवहिनीको शिक्षामा थोरै नै भएपनि सहयोग पुग्नेछ भन्ने उनको अपेक्षा छ। यसै प्रतिस्पर्धालाई केन्द्रमा राख्दै आफू केही समय देखि अभ्यासरत रहेको उनी वताउँछन्। यसको अलावा गोरखा सैनिकहरुको सहयोगको लागि गोरखा कल्याण कोषमामा सहयोग उपलव्ध गराइने छ।

    यस परोपकारी कार्यमा उनी एक्ला छैनन्, कयौं साथिहरुको न्यानो माया पाएका छन् भने कतिले केही रकम दान समेत गरेका छन् उनको यो अभियानमा। तर, यसरी प्राप्त हुन आएको रकम उनले पाउँदैनन्। आयोजक संस्था ‘अक्सफाम’ ले नै सम्वन्धित कार्यक्रमको लागि संकलित पैसा पठाउँछ।

    ‘ म सय किलोमिटरको दुरी पन्ध्र घन्टामा पार गर्दैछु किनभने यसले संसारलाई अझ सुन्दर वनाउन सहयोग गर्छ’ प्रतियोगिताको वेव साईटमा उनले उल्लेख गरेका छन्। उनको अभियानलाई सहयोग गर्न चाहनेले सेप्टेम्वरसम्म सहभागित जनाउन सक्नेछन्।

    – रामहरी शास्त्री

    <div data-href=”http://www.facebook.com/pages/Infomala/352095748232187?ref=hl” data-width=”292″ data-show-faces=”false” data-stream=”false” data-header=”false”></div>