पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस राष्ट्रसङ्घको महासचिवमा

पोर्चुगलका पूर्व प्रधानमन्त्री  ६६ वर्षीय एन्टोनीयो गुटेर्रेस संयुक्त राष्ट्र सङ्घको महासचिवका लागि  छानिएका छन ।बुधवार सुरक्षा परिषद्को बैठकले उनलाई छनौट गरेको थियो ।

वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी समाल्नेछन । सन् १९९५ मा पोर्चुगलको प्रधानमन्त्री भएका गुटेर्रेसले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए ।