राष्ट्रिय कविता महोत्सव २०७२ स्थगित

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनाको अवसरमा हरेक वर्ष असार ९ मा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय कविता महोत्सव’ यस पटक स्थगन भएको छ।

Nepal-academyप्रतिष्ठानले देशभरका कविहरुलाई कविता पठाउन भूकम्पअघि नै आह्वान गरेको भए पनि भूकम्पले पुर्याएको ठूलो धनजनको क्षति र त्यसबाट सिर्जित दुःखद् एवम् संवेदनशील अवस्थाका कारण महोत्सव स्थगित गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

महोत्सव उपयुक्त मितिमा गर्ने जानकारी पनि गराइएको छ। अघिल्लो वर्ष पनि प्रतिष्ठानमा राजनीतिक कारणले प्राज्ञ नियुक्त समयमा हुन नसक्दा असारमा हुनुपर्ने कविता महोत्सव माघमा गरिएको थियो। महोत्सव समयमा हुन नसक्दा ज्यादै न्यून सहभागिता भएको थियो।