“राजेश पायल राई युके टुर” फेब्रुअरी २१ मा शुरू

rajesh_payal_rai to ukलोकप्रीय गायक राजेश पायल राई “राजेश पायल राई युके टुर” नामक सांगीतिक कार्यक्रमका लागि बेलायत आउँदै छन् । राईको विशेष प्रस्तुति रहने कार्यक्रममा बेलायतमा रहेका स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यक्रमका आयोजकहरुले बताएका छन् ।

देशविदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त राई यसअघि सन् २०१२ मा बेलायत आएका थिए । आयोजक गायक गंगाराज राई र बि सि राईको आयोजनामा बेलायतका विभिन्न शहरहरुमा हुन लागेको सांगीतिक कार्यक्रमलाई स्मरणीय बनाउन आयोजकहरु लागि परेका छन्।

गायक राईका सयौं  गीतहरु लोकप्रिय छन् । गायक राईले फेब्रुअरीको २१ तारिख फार्नबरोको ओकफार्म कम्युनिटी स्कुलको हलमा, फेब्रुअरी २७ तारिख आश्फोर्ड केन्टको दि नर्थ स्कुलको हल र मार्च ५ तारिखमा रेडिङ्ग को वाएरहाउस स्पोर्ट्स हलमा सांगीतिक प्रस्तुति गर्ने छन् । बेलायतको कार्यक्रम सके पछि  उनी हङ्कङ जाने कार्यक्रम रहेको बताइएको छ ।