राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

बेल्जियमको राजधानी ब्रसेस्लबाट विभिन्न गन्तव्यमा चल्ने ट्रामहरुमा यतिबेला नेपालको प्राकृतिक सौन्दर्यको साथै अन्य बिशेषता झल्किने पोस्टरहरु देख्न सकिन्छ । नेपालको पर्यटन प्रवर्द्वनको लागि नेपाली दूतावास बेल्जियमले गरेको यो प्रचारात्मक कार्यक्रम हो ।

युरोपियन युनियन र नेटोको हेडक्वार्टर रहेको व्यस्त राजधानी सहरमा गुडिरहेका ट्रामहरुमा  ‘वेलकम टू नेपाल, द बर्थप्लेस अफ लर्ड बुद्व’, ‘नेचरअर्ली नेपाल, वन्स इज नट इनफ’, ‘माउन्ट एभरेष्ट, टप अफ द वर्ल्ड : नेपाल्स यूनिक ट्रेजर’, नेपाल: अलवेज एटरेकटिभ एण्ड सेफ डेसटिनेशन फर टूरिस्ट’ , लेखिएका तस्वीरहरु देख्न सकिन्छ । यातायातको लागि दैनिक हजारौले ट्राम प्रयोग गर्ने र अन्य सबैका आखा समेत पर्ने हुदा यातायातको  नेटवर्कमा गरिएको विज्ञापनलाई प्रभावकारी मानिएको हो ।

नेपालको पर्यटन प्रवर्द्वनको लागि यहि अगस्त १६ देखि २९  सम्म दुइ हप्ताका लागि २० वटा ट्राम मार्फत यस प्रचारात्मक कार्य गरिएको छ ।