राजधानीकै अस्पतालमा मिर्गौला ब्यापार

राजधानीका अस्पतालमै मिर्गौलाको खरिदबिक्री हुने गरेको खुलेको छ। प्रहरीले मिर्गौला कारोबारमा सम्लग्न १० जनालाई बिहीबार शिक्षण अस्पतालबाट पक्राउ गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

Kidneyलामो समयदेखि काभ्रेको गरिब सर्वसाधारणलाई आर्थिक प्रलोभनमा पारी भारत पुर्याएर मिर्गौला बिक्री गर्दै आएको एक गिरोह नै एक गरिब व्यक्तिलाई प्रभोलनमा पारेर मिर्गौला बेच्न खोजेको थियो।

तीनवर्ष अघि पनि पक्राउ परेका काभ्रे फुलबारी घर भएका सागर र विनोद मिजार सहितका नौ जनाको गिरोहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। मिर्गौला किन्न खोज्ने कञ्चनपुरका गौरसिंह जागरी पनि प्रहरी हिरासतमा छन्।

पक्राउ पर्नेमा काभ्रेका प्रकाश लामा, अमिर तामाङ, विक्रम परियार, हरि परियार, दोलखाकी सरस्वती श्रेष्ठ, धादिङका राजु खड्का र काठमाडौंका रंजित महर्जन छन्। काभ्रे फुलबारी घर भएका आर्थिक रुपले कमजोर रमेश सुनारलाई उनीहरुले आर्थिक प्रलोभनमा पारी मिर्गौला बेच्न तयार पारेका थिए।