रमाइलो गरेर मनायो क्षेत्रीसमाज बेल्जियमले दसैँ(फोटो फिचर)

11क्षेत्री समाज बेल्जियमले एक आपसमा भेटघाट, खानपिनका साथै एक सांगीतिक कार्यक्रमको आयोजना गरि बडा दसैँ मनायो  । कार्यक्रममा स्पेनबाट आएका गायक तुलसी सिवाकोटीको साथै स्थानीय कलाकार हिना कार्की, रमेश कार्की, सम्पदा न्यौपाने, निकिसा केसी, रोहन केसी, दीपिका केसी, सम्झना कार्की, एडिना केसी, बिकाश केसी, सरिना पौडेल र योगिता थापाले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।naacha

बेल्जियमको अन्त्वेर्पेंनमा गत आइतावार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीले शुभकामना दिएका थिए । त्यसैगरी समाजका पूर्व अध्यक्ष मोहन खत्री, एनआरएन अध्यक्ष गंगाधर गौतम, एनआरएन महिला सह संयोजक रजनी प्रधान, बेल्जियमका लागि पर्यटन दुत शिवकुमार बरुवालले समेत शुभकामना दिएका थिए । कार्यक्रममा बेल्जियमका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको साथै थुप्रै नेपालीहरु जम्मा भएका थिए ।

22समाजका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा समपन्न कार्यक्रमको संचालन यशोदा थापा र हिना कार्कीले गरेका थिए । कार्यक्रममा शिवकुमार बरुवाल, खड्कबहादुर केसी, योगिता थापा, राजेन्द्र कार्की, सोफिया महर्जन, गरिमा पन्त, उत्सवजंग थापा, हिना कार्की, दिपिका केसी, एडिना केसी, रोशनी, केसी, जेनी कुँवर, सम्झना कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्पन्न गर्नको लागि रिम रेग्मी, कर्ण अधिकारी, देवी कार्की र सीता केसीले सहयोग गरेका थिए । समाजले बिगत केहि वर्ष यता नेपालीहरुलाई जम्मा गरेर दसैँ मनाउदै आएको छ ।333