दुई सय महिलाको अगाडि रणवीरले पाइन्ट फुकाले

बलिउड नायक रणवीर सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन्। यस्तै एक कारणले गर्दा रणवीर फेरि एकपटक चर्चा आएका छन्। रणवीरले फिल्मको सेटमा नै सयौं महिलाको अगाडि आफ्नो पाइन्ट फुकालेका छन्। उनले फिल्म किल दिलको गीत ≈याप्पी बर्थडेको सुटिङ भइरहेका बेला यस्तो हर्कत गरेका हुन्।

ranveer-singhरणवीरले ४० डिग्रीको गर्मीमा लेदरको पाइन्ट लगाएर डान्स गर्ने क्रममा प्रचण्ड गर्मी भएकाले सुटिङ सेटममै पाइन्ट फुकालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रणवीरलाई बिना पाइन्ट देखेपछि त्यहाँ उपस्थित २ सय जना महिला डान्सरले चिच्याउन र सिटी बजाउन शुरु गरेका थिए भने हल्ला सुनेपछि वरिपरिका मानिसहरू सेटमा आएका थिए।
स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार त्यहाँ उपस्थित मानिसहरूले रणवीरको फोटो खिच्न शुरु गरेको तर फिल्म युनिटले सबै तस्वीर डिलिट गर्न लगाएका थियो। यद्यपि फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेकी परिणिति चोपडाले भने सिंहको तस्वीर डिलिट नगरेको पनि समाचारमा उल्लेख छ।