यौन ब्यापारको लागि वेभसाईट खोल्ने पक्राउ

अश्लिले यौजन्य व्यापरको लागि वेभसाईट बनाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललिपुर कुसुन्तीबाट २८ बर्षिया सरोज यादवलाई पक्राउ गरेको हो ।
उनले वेभ साईट खोली यौन सम्पर्क र यौन आनन्दको लागि बिभिन्न प्रकारका (महिला)हरुलाई उपलब्ध गराउन सक्ने भनी आकर्षक महिलाहरुको आकृती फोटो राखी बिभिन्न सेवाका बिभिन्न दररेटहरु समेत तोकेर वेभ साईटमा राखेको प्रहरीले जनाएको छ ।

no sexबाँकेका यादवले सम्पर्कका लागि वेभ साइटमा इमेल ठेगान र फोन नं समेत उपलब्ध गराई यौनजन्य सेवा लिन चाहने ब्यक्तिहरुलाई सम्पर्कको लागि आब्हान गरी इन्टरनेटममैबाट प्रचार प्रसार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका चौधरीलाई बिधुतिय कारोवार ऐन २०६३ बमोजिम आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाै‌ं‌मा राखिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य संलग्न अभियुक्तहरुको खोजी भईरहेको छ ।