युवा महिला वैज्ञानिक अन्तरास्ट्रिय पुरस्कार सुशिला महर्जनलाई

ख्याति प्राप्त एल्सभाएर अन्तरास्ट्रिय पुरस्कार नेपालकी डा. सुशिला महर्जनले पाएकी छिन् ।

बिकासोन्मुख मुलुकका युवा महिला बैज्ञानिकलाई दिईने यो अन्तरास्ट्रिय पुरूस्कार ग्रहण गर्न डा. सुशिला महर्जन अमेरिका पुगेकी छिन् ।

फेब्रुअरी १२ शुक्रबारका दिन डा. महर्जनले वाशिंगटन डिसीको भब्य समारोहमा ऊक्त अन्तरास्ट्रिय पुरस्कार ग्रहण गर्ने कार्यक्रम छ ।