युवतीको मोहमा लुटिए युवक

नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली खाजा खान बोलाएकी एक युवतीबाट लुटिएका छन   लुटेकी छन् ।

सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन, मोबाइल girlटेलिफोन र पैसालगायत सामान लुटिएको पीडितले बताएका छन् ।

खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको आँैठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाइएको चेन लगायत लुटेर युवती फरार भएकी जुक्जालीले बताए  ।

पीडितको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खाजासँगै रक्सी खाएका जुक्जाली बिहान मात्रै बिउँझिएका थिए

लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरुबीच दुई तीन दिन फोनमा कुरा भएको थियो ।

कपाल खैरो पारिएको, सेतो प्यान्टस् र सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ ।

अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।