यी सोचहरु

(कविता)

अहिले कर्म गर्दा गर्दैmohan khatri

मुस्किलले अनुमति पाएर

तपाईंहरुको माझ

आईे पुगेको छु |

धन कमाउन

प्रवासमा त्यति नसके पनि

ईमान्दारीतामा चलेकै छु |

सहयोगी हात र परोपकारी मन भएकाहरुसँग

हातेमालो गरेकै छु |

एकाध बाहेक

संगत त मेरो पनि

गर्व गर्ने खाल कै छ |

शुभ-चिन्तकहरुले

एक पछि अर्को

प्रवासबाटै कृति राखेको

खबर सुन्न पाउदा

यो मेरो मन

हर्षले गदगद भएको छ |

मेरो मष्तिष्कमा पनि

अनगिन्ती सोचहरु आईेराख्छन्

परिस्थितीले गर्दा

अहिले संयमित हुनुपरेको छ |

दु:ख सुखलाई सहदै

सन्ततिको सुवर्ण भविश्यको आशामा

अहिले अल्झिन पुगेको छु |

तपाईंहरुको हौसला र

समय अनुकूल हुने बित्तिकै

स्वदेश देखि विदेशसम्मका

मेरो मनका तरङ्गहरु

तपाईंहरु माझ कृति बनाई

अवश्य पनि ल्याउने छु |

 

मोहन खत्री 

कलंकी, काठमाडौं,हाल: बेल्जियम