यामु निरौलाद्वारा एनआरएन बेल्जियमको महासचिबमा उम्मेदवारी घोषणा

यहि अगस्त २३ मा हुन गैरहेको एनआरएन बेल्जियमको अधिवेशनको चर्चाले यहाँको नेपाली समुदायमा प्रमुखताYAMU पाएको छ । विगतमा जस्तै नीतिगत वहस भन्दा पनि नेतृत्वको चलखेल हुने आम सदस्यहरुको अडकलवीच उम्मेदवारी घोषणाको लहरले सहमतिमा नयाँ कार्यसमिति निर्माणको भ्यागुताको धार्नी यसपालि पनि नपुग्ने र मतदान प्रक्रियाबाटै नेतृत्वको छिनोफानो हुने कुरामा अव गुञ्जायस रहने देखिएको छैन ।
यसैक्रममा लामो समयदेखि बेल्जियमको सामाजिक क्षेत्रमा परिचित गेण्ट निवासी युवा व्यवसायी यामु निरौलाले एनआरएन बेल्जियमको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । विगतमा इटहरी जेसीज एवँ उद्योग वाणिज्य सँघ सुनसरीमा महासचिवको रुपमा स्मरणीय भुमिका निर्वाह गरेका निरौला बेल्जियममा पनि २००६ मा स्थापित साँग्रिला समाजको अध्यक्षको रुपमा २०१०–१२ को कार्यसमितिमा  नेतृत्व दिइसक्नु भएर  बेल्जियमको नेपाली समाजमा स्थापित नाम हो ।
स्मरणीय छ , एनआरएन केन्द्रले राजनैतिक, धार्मिक, क्षेत्रीय र साम्प्रदायिक जिम्मेवारी बोकेका वा समुहगत रुपमा उम्मेदवारी प्रस्तुत गर्न नपाइने भनेपनि बेल्जियमका हालसम्मका निर्वाचनहरुमा नेपालकै झल्को दिने गरी राजनैतिक समीकरणनै निर्णायक सावित भएका छन् । केन्द्रको बैधानिक अडचनका वावजुद पनि बेल्जियममा नेतृत्वको लागि कस्तो तिकडम चल्ने हो आम सदस्यहरु चनाखो भएर नियालीरहेका छन् ।
-दीपेन्द्र केसी