‘यहाँ त पैसाको वर्षा नै भयो’

a fan with euro notesबाटोभरि पैसाको वर्षा भएपछि पश्चिम बेल्जियमका जनता छक्क परे । र, ठूला ठूला नोटहरू टिप्न थाले । गत शनिवार घटेको सत्य घटना हो यो ।
पुलिसले पीछा गरिरहेका डकैतहरूको एक गिरोहले कारबाट बाटोभरि युरोको नोटहरू छरेपछि स्थानिय बासिन्दाहरूले अविश्वसनिय घटना देखे । पश्चिम बेल्जियमको जेदेलखेम नगर पालिकामा पर्ने Ruddervoordestraat को करिब १०० मिटर दूरीको बाटोभरि लाखौं युरो छरपष्ट थियो । यस्तो मौका देख्ने भाग्यशालीहरूले ५०, १०० र २०० का ठूला नोटहरू टिप्ने मौका चुकाएनन् ।
तथापि, नोटहरू पछि प्रहरीले फिर्ता मागेको थियो । तर प्रहरीले केवल ११०० युरो मात्र फिर्ता पाउन सफल भयो र ठूलो रकम फिर्ता भएन । धेरै मान्छेले टिपेको पैसा फिर्ता नगरेकोमा न्यायीक अधिकारीहरू बेखुश रहेको पनि समाचारमा जनाइएको छ । ‘यहाँ त पैसाको वर्षा नै भयो’- एक जना स्थानिय बासिन्दाको भनाइ उद्धृत गर्दै हत न्यूजब्लाद नामक डचभाषी पत्रिकाले लेखेको छ ।