मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

सिन्धुपाल्चोक जिल्लामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

मेलम्ची नगरपालिका वडा नं ८ गिरानचौर बस्ने स्थानीय ३१ वर्षकी मनुमाया तामाङको गएराति करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बेलुकी मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। रासस