मिस वर्ल्ड २०१३ मा नेपाल टप १० मा, फिलिपिन्सले उपाधि जित्यो

Miss world2013नेपालले इतिहास रचेको मिस वर्ल्ड प्रतियोगिताको उपाधी फिलिपिन्सकी मेगान योङले जितेकी छिन् । उनले १ सय २६ देशका प्रतिपर्धीलाई पछि पार्दै उपाधी मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

इन्डोनेसियामा भर्खर सकिएको प्रतियोगितामा फ्रान्सकी मरिन लोर्फेलिन फस्ट रनर अफ बनेकी छिन् भने घानाकी कारान्जर ना ओकाइलि सेकेण्ड रनर अप बनेकी छिन् ।

ishani-shresthaनेपालकी इशानी श्रेष्ठ उत्कृष्ट १० मा पर्न सफल भइन् । त्यसपछिको उत्कृष्ट ५ मा उनी पर्न सकिनन् । तैपनि, उनले ‘ब्युटी अफ द पर्पोज’ को उपाधी जितेर नेपाललाई मिस वर्ल्ड प्रतियोगितामा पहिलो उपाधी दिलाइन् । समग्रमा नेपाललाई यो वर्षको मिस वर्ल्ड हालसम्म कै सबैभन्दा उपलब्धीपूर्ण रह्यो ।