मित्रताको रहस्य

एक पाश्चात्य लेखकले भनेका थिए मित्रता धन जस्तै हो जसलाई सजिलै कमाउन त सकिन्छ तर निरन्तर सुरक्षित राख्न कठिन छ| जव प्रशन्नताको yogaवातावरण हुन्छ, त्यस समय मित्र बन्दै जान्छन, तर समस्या वा पीडाको समयमा हुदैनन्| मानौ कुनै यस्ता व्यक्ति संग मित्रता बनाउनु पानीमा रेखा खिच्नु जस्तै हो | यस्तो मित्रता निरर्थक वा क्षणभंगुर हुन्छ| अज्ञानी र स्वार्थीको मित्रता खतरनाक हुन्छ| जब कोही सौभाग्यवान र सम्पन्न हुन्छ मानिस उसको छायाको रुपमा रहन्छन् तर बिपत्ति आउने बित्तिकै किनारा लाग्छन्| स्वार्थी व्यक्तिको मित्रता छाया जस्तै हो| प्रकाशमा छाया सगै चल्छ किनकी अन्धकार हुदा हुदै पनि गायव हुन्छ| मूर्ख मित्र भन्दा बुद्विमान शत्रु असल हुन्छ|

सुकरातको शब्दमा ‘ मित्रता गर्ने शिघ्रता नगर, यदि जसले गर्छौं अन्त सम्म निभाउ|’ मित्रता ब्यबहारमा प्रतिमान हुनु पर्छ| नीतिकारहरुले असल मित्रका केहि लक्षण बताएका छन्| जस्तै मित्र आफ्नो साथीलाई पाप गर्नु बाट रोक्छ, कमजोड भन्नेहरुको लागी प्रेरणा दिन्छ, उसका गोप्य कुराहरु कसैलाई बताउदैंन| मित्र आफ्नो साथीको बिपत्ति र अन्य कष्ट हटाउन सहयोग गर्छ| श्रेष्ठ मित्र उही कहलिन योग्य हुन्छ, जो सम्पत्ति र बिपत्तिमा महात्माको सरह समान रहन्छ|

नानकदेबका भनाइमा ‘असल मित्र यस्तो हुन्छ, जो संग मिल्नाले आफ्नै ईष्टदेब संग मिलेको आभाष हुन्छ|’ एक विश्वसनीय अथवा असल मित्र जीवनको लागी औषधी समान हितकर सिद्व हुन्छ| साचो मित्रता एक ईश्वरीय उपहार हो, जसबाट चरित्र अलंकृत र प्रसंशनीय हुन्छ| ईतिहास असल मित्रताबाट भरीपूर्ण छ| जस्तै राम र सुग्रिबको मित्रता, कृष्ण र सुदामाको मित्रता, कृष्ण-अर्जुन मित्रता| साचो मित्रता जसका आधार हुन् निस्वार्थ भावाना, गुण, सदाचार र विवेक, उसमा दैवीय भावाना उत्पन्न हुन्छ र यो तव सम्भव हुन्छ जब जीवनका आधार ध्यान, मनन र चिन्तन बन्छन|

यजुर्वेदमा वर्णन गरीएको छ -‘हे सर्वशक्तिमान मलाई शक्ति प्रदान गर, समस्त जीवित प्राणी मलाई मित्रका दृष्टिले देखुन| म सबै जीवित प्राणिको मित्रका दृष्टिबाट देखु | हामि सबै मित्रताको एक अर्काको मित्रको दृष्ट्रिबाट देखौ|’