माघ ८ मा संविधान नआउदा दुःखी : एनआरएन सँघ

NRN_logoगैरअवासीय नेपाली संघ (एनआरएनए) ले एक वर्षभित्र संविधान जारी गर्ने राजनीतिक दलहरुको प्रतिबद्धताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा आशा र विश्वास जगाएपनि प्रतिबद्धता अनुसार दलहरुले माघ ८ भित्रमा संविधान जारी गर्न नसक्दा बिश्वभर रहेका गैरआवासीय नेपालीहरुको मन अमिलो भएको जनाएको छ ।

अन्तिम समयसम्म पनि संविधान जारी हुन्छ भन्ने विश्वासमा रहेका जनतालाई संविधानसभाभित्र भएका कतिपय अमर्यादित गतिविधिले थप दुःखी र निराश बनाएको अध्यक्ष शेष घलेले सोमबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विश्वभर रहेका हामी नेपालीहरु स्वदेशमा लगानी गरी समृद्धिको बाटोमा हिंडाउने उत्कट चाहना बोकेर बसिरहेको बताउँदै संविधान जारी भएर राजनीतिक स्थायित्वको जग बस्नेछ भन्ने अपेक्षा र विश्वास एनआरएनमा रहेको पनि जनाइएको छ ।
दलहरुको बीचमा देखिएको तिक्तताको तत्काल अन्त्य भई छिटोभन्दा छिटो संविधान जारी गर्ने वातावरण निर्माण हुनेमा संघले विश्वास ब्यक्त गरेको छ ।