माग्ने बुढो र तक्मे बुढोको जोडीले बेल्जियमका नेपालीलाई हँसाउने

आउँदो अक्टोबर १२ तारिखका दिन बेल्जियमको ल्युभेनमा नेपालका लोकप्रीय हाँस्य कलाकारहरू माग्ने बुढो र तक्मे बुढोको जोडीले विशेष मनोरन्जनात्मक हाँस्य कार्यक्रम गर्ने भएका छन् । साथमा रोज मोक्तानको सांगीतिक कार्यक्रम अनि DJ को नशालु सांगीतिक प्रस्तुति हुनेछ ।
magne budo ra takme budo program
आमन्त्रित प्रख्यात कलाकारहरु केदार घिमिरे ‘माँग्ने बुढो’, विल्सनविक्रम राई ‘तक्मेले बुढो’ अनि कलकत्ते काईंयोका गायक रोज मोक्तान र D.J. द्वारा यहि अक्टोबर १२ मा साँझ ७ बजे लुभेनको Onze Huise, Goudebloom straat 28 मा हुने कार्यक्रम शेर्पा समाज बेल्जियमको आयोजनामा गरिँदैछ ।