माओवादी अध्यक्ष वैद्यद्वारा आम हडतालको प्रस्ताव

दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको वैद्य माओवादीले ‘संविधानसभालाई असफल पार्ने’ कार्यनीतिलाई मुख्य एजेन्डा बनाउने भएको छ| mohan baidhyaशुक्रबारदेखि पुरानो बानेश्वरमा सुरु भएको नेकपा–माओवादीको पहिलो केन्द्रीय भेलामा  देशैभरिबाट जम्मा भएका आफ्ना प्रतिनिधिसमक्ष नेकपा माओवादीका अध्यक्ष वैद्यले ‘माघ ८ लाई रोक्ने’ भन्दै आम हड्ताल लगायतको आन्दोलनको प्रस्ताव पेश गरेका हुन्|

उनले यो संविधानसभाले जनताको संविधान नबनाउने भन्दै माघ ८ सम्म देश अस्तव्यस्त पार्ने गरी आन्दोलनमा उत्रन कार्यकर्तालाई आहृवान गरेका छन् | उनले संविधानसभालाई विघटन गरेर सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत अघि बढ्नुपर्ने नारा दोहोर्‍याएका छन्|

राष्ट्रिय कार्यकर्ता भेलामा वैद्यले चरणवद्ध रुपमा पार्टीले अभ्यास गर्दै आएका लिम्वुवान, मधेस, थरुहट लगायतका राज्य समिति (क्षेत्रीय) स्तरमा बन्द गर्ने र माघ ३ गते देशब्यापी आम हड्ताल गर्ने कार्यक्रम प्रस्ताव गरेका छन् | बैद्यको राजनीतिक प्रतिवेदनमाथि १८ समूहमा छलफल भइरहेको छ | तर, २४ पृष्ठ लामो राजनीतिक प्रस्तावमाथि समूहगत छलफल भए पनि आन्दोलनको प्रस्ताव पास हुने नेताहरुले बताएका छन् |