माइक्रोसफ्टको ‘विण्डोज १०’ फ्रिमा डाउनलोड गर्न पाईने

windows10माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विन्डोज १० आजबाट फ्रीमा डाउनलोड गर्न सकिने छ । प्रयोगकर्ताले यसलाई फ्रीमा डाउनलोड गर्न सक्नेछन् । कम्पनीले करोडौ प्रयोगकर्ताले विण्डोज १० डाउनलोड गर्ने अनुमान गरेको छ ।

डाउनलोडका लागि विण्डोज १० सबैभन्दा पहिलो पिसी(ल्यापटप, डेस्कटप) प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । यसपछि ट्याब्लेट र स्मार्टफोन प्रयोगकर्ताका साथै गेमिंग कन्सोल र होलोग्राफिक हेडसेटका लागि उपलब्ध हुनेछ ।

विण्डोज फ्री मा किन?

विण्डोज ८ पूर्ण रूपमा फेल भएको छ । विण्डोज ८ आऐपछि नयाँ विण्डोजको प्रयोगकर्ताको संख्यामा कमी आएको छ । यसपछि कम्पनीले प्रयोगकर्तालाई ६ वर्ष पुरानो विण्डोज ७ जस्तै एक्पिरियन्स लिने सोच बनाएर विण्डोज १० लाई पनि विण्डोज ७ जस्तै बनाएको छ । यसलाई फ्री मा दिएर कम्पनीले आफ्नो प्रयोगकर्ताको संख्या बढाउन चाहेको छ ।

के-के छन् नयाँ सुविधा ?

  • विण्डोज १० मा वर्षौ पुरानो ब्राउजर इन्टरनेट एक्सप्लोरर हटाइएको छ । यसको ठाऊँमा माइक्रोसफ्टको नयाँ ब्राउजर एज प्रयोग गरिएको छ ।
  • ‘विण्डोज हेलो’ एक नयाँ सिस्टम रहेको छ । यो फेस रिकग्निशनको मद्धतले साइनइन गर्छ । यो इन्टेलको रियल सेन्स क्यामरासँग कम्प्याटिबल रहेको छ ।
  • स्टार्ट मेनु पुनः प्रयोग गरिएको छ । यसलाई विण्डोज ८ मा हटाइएको थियो ।
  • माइक्रोसफ्ट कम्पनीले २९ जुलाईमा अमेरिका र क्यानडाको केहि शहरूमा प्रोमोशनल कार्यक्रम गर्ने योजना समेत बनाएको छ । यसपछि सबैभन्दा पहिलो ती ५० लाख प्रयोगकर्ताहरूलाई विण्डोज १० डाउनलोड गर्ने मौका दिनेछ । डाउनलोड गर्ने सुविधा पहिलेदेखी नै डाउनलोड गर्नका लागि पहिले देखी नै रजिष्टर गरेका प्रयोगकर्तालाई दिइने छ ।
  • यसलाई फ्रीमा ती प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन्, जसले पहिलेदेखी नै विण्डोज ७ वा ८ चलाइरहेका छन् ।