महेन्द्रसिंह धोनिले टेस्ट क्रिकेटबाट सन्यास लिए

Mahendra Singh Dhoniमहेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

मंगलबार अष्ट्रेलियाबिरुद्धको टेस्ट सिरिजमा हारे ब्यहोरेपछि भारतीय टिमका कप्तान धोनिले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् । अष्ट्रेलियाबिरुद्ध एडिलेटमा हुने अन्तिम टेस्ट म्याचमा अब भारतीय टिमको कप्तानी बिराट कोहलीले सम्हाल्नेछन् ।

भारतको लागि ९० टेस्ट म्याच खेलेका धोनीले ६० खेलमा कप्तानी गरेका थिए । जसमा उनको कप्तानमिा २७ खेल भारतले जितेको छ । यसअघि सौभर गाङ्गुलीको कप्तानीमा भारतले २१ टेस्ट म्याच जितेको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) प्रेस बिज्ञप्ति निकाल्दै भारतको एक महान् कप्तानले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेको भनेको छ । साथै बीसीसीआईले अन्य फम्याटमा भने धोनीले खेल्ने बताएको छ ।

धोनीले एकदिवसीय र टी–ट्वान्टी खेलमा केन्द्रीत हुन सन्यासको घोषणा गरेको बताइएको छ ।

धोनीले सन् २००५ मा श्रीलंकबिरुद्धको खेलबाट टेस्ट म्याचमा डेब्यु गरेका थिए । समग्र खेल जिवनमा १० हजार रन पुरा गरिसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले टेस्ट क्रिकेटमा ३८.०९ को औसतमा ४८७६ रन बनाएका छन् ।

  • Post category:खेल