महिला परोपकारी कोषको लागि सांस्कृतिक कार्यक्रमको आयोजना

1544611_10152321997538290_8152031746869567872_nमहिला परोपकारी कोष सहयोगार्थ एनआरएन बेल्जियम महिला समितीले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ| नयाँ बर्षको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा यहि अप्रिल २६ शनिवारका दिन सम्पन्न हुदैछ| कार्यक्रममा नेपालदेखि युरोप यात्रामा रहेका हास्य कलाकार द्वय सुरेन्द्र केसी(मुलाको साग) र शिवशंकर प्रसाद रिजाल(जोगेन्दर भोले)ले आफ्नो प्रस्तुति प्रदर्शन गर्नेछन|

एनआरएन स्थापना भएका सम्पूर्ण देशहरुमा महिला परोपकारी कोष खडा गर्ने एनआरएनले निर्णय गरेको छ|यसका लागी महिला समिति समेत गठन गरीएका छन्|समितिले संकलित रकमले नेपालमा आंङ खस्ने रोग बाट पिडित,खाडी क्षेत्रमा दुख झेल्नु परेका,सम्वन्धित देशमा समेत बिभिन्न कठिनाईमा परेका महिलाहरुलाई सहयोग गर्ने  जनाएको छ|

रकम संकलनका लागी प्रत्येक देशका महिलाबाट  मासिक १ युरो जम्मा गर्ने अभियान समेत संचालन गर्न शुरु गरीएको  छ| संकलित रकम मध्ये २५ प्रतिशत सम्बन्धित देशको एनसीसी र बाकी ७५ प्रतिशत रकम आईसीसीले  आवश्यकता अनुसार सहयोगमा खर्च गर्न सक्नेछ|

परोपकारी कोष निर्माणको लागी बेल्जियम स्थित महिलाहरुले गत जनवरीमा अन्त्वेर्पेनमा महिला गोष्टि समेत गरेका थिए|लगत्तै शुरु गरीएको महिलाको लागी मासिक १ युरो अभियानमा बेल्जियमका महिलाहरुको सहभागिता बढ्ने क्रम जारी रहेको अवस्थामा यो सांस्कृतिक कार्यक्रमले थप टेवा पुग्ने आशा लिएको एनआरएन महिला उपसंयोजक रजनी प्रधानले बताईन |