मण्डला थिएटरमामा ‘योनीका कथाहरु’

मण्डला थिएटरमा सक्रिय महिला कलाकारहरुले स्थापना गरेको मण्डलेनास् नेपाल अभियान अन्तर्गत ‘योनीका कथाहरु’ नामक नाटक मञ्चन गर्ने भएका छन्। आगामी शुक्रबारदेखि अन्तर्रािष्ट्रिय  रुपमा भि डे मनाउने उद्देश्यले ‘योनिका कथाहरु’ नामक नाटक मञ्चन हुने भएको छ।

yoni ka kathaharuनाटकमा सहभागि अभिनेत्री सृजना अधिकारीका अनुसार महिलाहरुलाई सेक्सका विषयबारे खुलेर बोल्न प्रोत्याहित गर्न नाटक तयार गरिएको बताउँछिन्। ‘यो महिलाको वास्तविक कथा हो। यसमा बलात्कारदेखि सेक्सको सबैप्रकारका अनुभवमा महिलाहरुले मनोवाद प्रस्तुत गर्नेछन्।’ ‘योनीका कथाहरु’ लाई मण्डलेनास् नेपाल र अ बेनिफित प्रोडक्सन अफ इभा इन्स्लसले संयुक्त रुपमा तयार गरेका हुन्।

अन्तर्रािष्ट्रिय रुपमा आगामी अप्रिलसम्म भि डे मनाइदैं आएको छ। अमेरिकी लेखिका इभा इन्स्लरले सबैप्रकारका महिलाहरुसँग सेक्सका विषयमा अन्तर्वाता लिएपछि ‘योनीका कुराहरु’ नामक नाटक तयार गरेकी थिइन्। अमेरिकाबाट सुरु भएको अभियानलाई महिलाहरुको मनोवादलाई नेपालीमा अनुवाद गरिएको छ। ‘योनीका कथाहरु’ अभिनेत्री सृजना सुब्बा, सृजना अधिकारी, पशुपति राई, सरस्वती चौधरी र आकाक्षा कार्की लगायतले मनोवाद प्रस्तुत गर्नेछन्।