भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह

पूर्वी नेपालमा करिब दूइ दशक अघिदेखि शरणार्थी जीबनयापन गर्दै आएका भूटानी शरणार्थीहरूले नेपालको राजकीय pranab-prezभ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जिलाई आफूहरूको समस्याको बिषयमा गम्भिर भएर लागिदिनका लागि आग्रह गरेकाछन् ।
आफूहरुलाई भारतको बाटो हँुदै नेपाल लखेटिएको र स्वदेश फर्कनका लागि भारतको बाटो प्रयोग हुन समेत नदिइएको स्मरण गराउदै शरणार्थीहरूले मुखर्जीसँग कुटनीतिक पहलका लागि आग्रह गरेका हुन् ।
भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ति समितिका प्रवक्त सन्तविर घलेका अनुसार भारतीय दूतवासमा ज्ञापनपत्र पठाएर आफूहरूले भारतका भारतीय राष्ट्रपति मुर्खजीलाई आफूहरुको समस्याको बिषयमा गम्भिर हुनका लागि अनुरोध गरिएको हो । भारतले शरणार्थीको बिषयमा मौन बसेकाले नै समस्या लामो समयदेखि सामधान हुन नसकेको शरणार्थीहरुको बुझाइ रहेको छ ।
शरणार्थीहरुको तेश्रो देश पुर्नबास कार्यक्रम अन्र्तगत एकलाखको हाराहारीमा शरणार्थीहरु तेश्रो मुलक पुगेपनि भूटानमा जन्मे हुर्केका जेष्ठ नागरिकहरू भने अहिले पनि शिबिरमा स्वदेश फिर्तिको माग गर्दै बसिरहेकाछन् । नेपाल सरकार र भूटान सरकारले एकसाथ तेश्रो देश पुर्नबास र स्वदेश फिर्तिको ढोका खोल्ने बताएपनि अहिलेसम्म तेश्रोदेश पुर्नबास बाहेकको बिकल्प नल्याएको स्मरण गराउँदै भुटानी शरणार्थी समस्या नेपाल, भारत र भूटानको सामुहिक प्रयासबाट मात्र सम्भव रहेको उल्लेख गरिएको घलेले जनाए  ।
भूटानी मानवअधिकारबादी नेता डा. भम्पा राइले भारतले भूटानी शरणार्थी समस्या सामधानमा गम्भिरता देखाए समस्या सामधान गर्नका लागि केही समय पनि नलाग्ने बताउँदै आएका छन  । भारतका कारण नै भूटानले आफूमाथि अन्याय गरिरहेको जनाउँदै शिबिरमा एकजना शरणार्थी रहेसम्म पनि स्वदेशफिर्तिको मुद्दालाई उठाइ राख्ने राइ बताउछन । भारतीय राष्ट्रपति मुखर्जिले यस बिषयलाई गम्भिर रुपमा लिनेमा आफूहरु आशाबादी रहेको राइले जनाए  ।