भूकम्प पिडितको लागी लुभेन सहायता कार्यक्रम

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगार्थ बेल्जियमको लुभेनमा लुभेन हेल्प नेपाल कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा बिभिन्न प्रकारका खानाहरुको बिक्रीवितरण गरिने छ भने गित संगीतले मनोरन्जन प्रदान गरिने छ। कार्यक्रमबाट संकलित अर्थ नेपालको सामाजिक सेवामा कार्यरत बेल्जियन सस्था मार्फत नेपाल पठाईने  जनाईएको छ। कार्यक्रममा लुभेन नगरपालिकाका मेयर लुईस तवाक र  बेल्जियमका लागी नेपाली राजदूत राममणि पोखरेल समेत सहभागी हुने भएका छन।
दैबी प्रकोपमा परेका पिडित नेपालीहरुलाई तत्काल राहत पुर्याउने मानबिय उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सदस्य क्रिष्टोफले बताएका छन। कार्यक्रम यहि ३१ मे मा लुभेनको मार्तेलारेईप्लेन (ट्रेन स्टेशन नजिक) मा हुदैछ। भूकम्पका प्रत्यक्षदर्शी बेल्जियन नागरिक पाउल भान दि मोर्तेले भूकम्प र पिडितको बारेमा जानकारी गराउने कार्यक्रम रहेको बताउदै पत्रकार पाउल थुनिसेनले पिडितको सहायताको लागि सबैको सहभागिता रहने बिश्वास ब्यक्त गरे।
बेल्जियमको लुभेन क्षेत्रमा बसोवास गर्ने आप्रवासी समुदायमा नेपाली समुदाय ठूलो मध्ये एक हो। लुभेनमा थुप्रै नेपालीहरु आफ्नै ब्याबसाय संचालन गर्दै आएका छन् भने सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन।Nepal actie