भारतीय मूलकी नीना बनिन् ‘मिस अमेरिका २०१४’ (फोटोहरू सहित)

Miss America 2014 Nina Davuluriभारतीय मूलकी अमेरिकन नीना दभुलुरी ‘मिस अमेरिका २०१४’ बनेकी छन् । मिस न्युयोर्कको उपाधी जितेर मिस अमेरिकामा भाग लिएकी नीनाले आइतबार राती न्युजर्सीमा भएको प्रतिस्पर्धामा मिस अमेरिका २०१४ को ताज पहिरन सफल भएकी हुन् । एबीसी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रम मिस अमेरिकाको ट्यालेण्ट राउण्डमा नीनाले भारतीय संस्कृति झल्कने पोसाकमा हिन्दी गीतमा ‘बलिउड फ्युजन’ भएको नृत्य देखाएकी थिइन् ।
Mallory Hagan, Nina Davuluri, Crystal Lee
अन्तिम फाइनल प्रतिस्पर्धामा विभिन्न प्रान्तहरूबाट विजयी भइ आएका १५ जना थिए । त्यसमध्ये अन्तिम दुईमा मिस क्यालीफोर्निया र मिस न्युयोर्क पुगेका थिए । २४ बर्षकी नीनालाई मिस अमेरिका २०१४ को रूपमा नाम घोषणा गरिए पछि निकै भावुक हुदैं रोएकी थिइन् । नीनालाई गत सालकी मिस अमेरिका मलोरी हगनले मिस अमेरिका २०१४ को ताज लगाइदिएकी थिइन् । मिस अमेरिकाले ५० हजार डलर राशीको पुरस्कारसँगै उपाधी जितेकी छन् । मिस अमेरिकाको ताज जित्ने नीना भारतीय मूलकी प्रथम किशोरी हुन् ।Miss America 2014 compitition