ब्रसेल्स मेयरविरूद्ध आफ्नै प्रहरीले हाले मुद्दा

brussels mayor yvan mayeurब्रसेल्स मेयरविरूद्ध आफ्नै मातहत काम गर्ने प्रहरीहरूको संगठनले मुद्दा हालेको छ ।

गत विहीवार ब्रसेल्समा भएको सरकारविरोधी जुलुशमा प्रदर्शनकारीहरूले ढुङ्गा हान्दा प्रहरीहरू घाइते भएपछि नजिकै रहेका ‘ब्याक अप’ प्रहरी फोर्स परिचालन गर्न मेयरले आदेश नदिएको आरोप छ । यो आरोप बारेमा गृहमन्त्रीले अनुसन्धान गर्न पहिल्यै आदेश दिइसकेका छन् । तैपनि, कानुनी उपचारको माग गर्दै प्रहरी संगठनले मुद्दा हालेको हो ।

जलुशका बेलामा ११२ प्रहरी अधिकृतहरू घाइते भएका थिए ।