बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश marriageगुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् ।
बालिका मानेभञ्ज्याङ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा सात मा अध्ययरत विद्यार्थी हुन् । उहाँ सानैदेखि हजुरबुवा र हजुरआमासँग मानेभञ्ज्याङमा नै बस्दै आएकी थिइन  । बालिकाको बुवा दोश्रो बिहे गरेर तराई बस्न थालेको र आमा बैदेशिक रोजगारीको क्रममा मलेसियामा हिँडेपछि हजुरआमाले आफैसँग राख्न थालेको छिमेकिहरुले बताएका छन् । यता, बेहुला बनेका गुरुङ भने तीन बर्ष मलेसिया बसेर फर्केपछि बिहे गर्न लागेका थिए ।
दुवै पक्षको परिवारको राजीखुसीमा बिवाह गर्न लागेको भएपनि बाल बिवाह दण्डनीय रहेको भन्दै दुवैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको जिल्ला बाल क्लव सञ्जालको अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी गराए । बाल बिवाह हुन लागेको खबर पाएपछि आफुहरुले प्रहरीको सहयोगमा पक्राउ गरिएको अध्यक्षले बताए ।
जिल्ला प्रहरी कार्यालयमा छलफल पछि बालिका १८ बर्ष पुरा नभएसम्म आफ्नो परिवारकै साथमा बस्नु पर्ने सर्तमा दुवै पक्ष विच मिलापत्र गरेर छोडिएको छ ।