बेल्जियम टुक्रिए ब्रसेल्स स्वतन्त्र राष्ट्र

Brusselsबेल्जियममा डचभाषी र फ्रेन्चभाषी बीचको तनाव बढ्दै जाँदा राजधानी ब्रसेल्सका जनता भने ब्रसेल्सलाई स्वतन्त्र राष्ट्र बनाउने पक्षमा देखिएका छन् । हालै गरिएको एक सर्वेक्षणमा ६८ प्रतिशत ब्रसेल्सबासी ब्रसेल्स राज्य स्वतन्त्र हुनु नै श्रेयस्कर हुने ठान्दछन् । केवल २६ प्रतिशत जनता फ्रेन्चभाषी वालोनियासँग मिल्न चाहन्छन् भने ६ प्रतिशत जनता डचभाषी फ्लान्डरसँग मिल्नुपर्ने विचार राख्छन् ।

अर्कोतर्फ, ६१ प्रतिशत वालोनियाबासी ब्रसेल्ससँग एकता चाहन्छन् । त्यस्तै, ४४ प्रतिशत फ्लान्डरबासी ब्रसेल्ससँग एकताको इच्छा राख्छन् भने ४२ प्रतिशत फ्लान्डरबासी ब्रसेल्स स्वतन्त्र बनेकै राम्रो भन्ने ठान्छन् ।

बेल्जियम टुक्रने बारेमा प्रशस्त प्रचारबाजी भए पनि अझै पनि ६६ प्रतिशत बेल्जियन देश टुक्री हाल्दैन भन्ने विश्वास गर्छन् । पछिल्ला चुनावहरूमा NVA पार्टीको शानदार विजयले विभाजनको चर्चा चुलिएको छ । आगामी संसदीय चुनावमा NVA को विजय अभियान नरोकिए दीर्घ कालमा देश टुक्रने संभावना रहेको धेरैको ठम्याई छ ।

सो सर्वेक्षण ‘द मोर्गन’ पत्रिका र ‘भि टी एम’ टि. भी. च्यानलको आग्रहमा Ipsos ले गरेको हो ।