बेल्जियम जनसम्पर्कको अधिवेशन जुन २ मा

Janasamparka belgiumनेपाली जनसम्पर्क समिति बेल्जियमको तेस्रो अधिवेशन आगामी  जुन २ मा लुबेनमा हुने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समन्वय समिति प्रमुख अर्जुनप्रसाद जोशीको विशेष उपस्थिति र  बेल्जियम जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनैतिक निर्णयहरू गर्दै अधिवेशनको मिति तय गरेको हो। तेस्रो अधिवेशन सम्पन्न गर्न  गौतमको अध्यक्षतामा एक अधिवेशन तयारी समिति बनाइएको छ  जसको महामन्त्री सुवास जोशी र कोषाध्यक्ष अनिता लामा रहेका छन्। त्यस्तै, समितिको गत चैत १९ गते बसेको बैठकले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। अनुगमन उपसमितिमा ध्रुवराज पौडेल संयोजक, निर्वाचन उपसमिति चिनियाँलाल दुवाल संयोजक, विधान मस्यौदा उपसमितिमा इन्द्र क्षेत्री पकवान, व्यवस्थापन उपसमिति योगेद्र श्रेष्ठ संयोजक, सदस्यता अध्यावधिक तथा वितरण उपसमिति शालिक गौतम संयोजक, आर्थिक उपसमिति राम थापा संयोजक रहेका छन्। त्यसैगरी, अतिथि सत्कार उपसमिति लीला शर्मा मानन्धर संयोजक, स्वयम्सेवक उपसमिति कुमार जोशी संयोजक र प्रचारप्रसार उपसमिति ओम शर्मा संयोजक रहेको उपसमिति गठन गरिएको छ।

बेल्जियमको नेपाली जनसम्पर्क समितिमा विवादका कारण लामो समयसम्म फाटो रहेको थियो र दुइ समूहले भिन्दाभिन्दै कार्यक्रमहरू गर्दै आएका थिए । अहिले अर्जुनप्रसाद जोशीको पहलमा एकता अधिवेशनको तयारी भएको हो ।