बेल्जियममा ८४ वर्षीय देउरुपाले लगाइन सयौलाई टिका

2बाग्लुंग घर भै केहि वर्ष यता छोरा गंगाप्रसाद शर्माका साथ बेल्ज्यियम बस्दै आएकि  ८४ वर्षीय देउरुपा आचार्यले सयौ नेपालहरुलाई टिका लगाइदिएकि  छन् । ८४ वर्षीय आचार्यको हातबाट टिका थाप्न जर्मनी, नेदरल्याण्डसबाट समेत आफन्त र साथीभाईहरु बेल्ज्यियम आएका थिए ।

विजयादशमीमा मान्यजन र आफन्तबाट टिका ग्रहण गर्ने संस्कार पछयाउदै टिका थाप्न पुगेका बाबुराम सापकोटाले भने ‘मान्यजनबाट टिका थाप्नु हाम्रो सस्कार हो । त्यसैमा पनि ८४ वर्षीय आमाबाट टिका र आशिर्वाद लिन पाएकोमा हर्षित भए ।‘ बाबुराम जस्तै बेल्जियमका विभिन्न सहरमा रहेका आफन्त र साथीभाईहरुको साथै पोर्चुगल, स्पेनबाट परिवार र साथीभाई भेट्न आएका नेपाली समेत टिका थाप्न त्यहाँ पुगेका थिए ।