बेल्जियममा समलिङ्गी शरणार्थीको सँख्या बेस्करी बढ्यो

बेल्जियममा बिगत ४ वर्षमा समलिङ्गी शरणार्थीको सँख्या तिन गुना बढेको छ ।

यसरी शरण माग्ने समलिङ्गी शरणार्थीहरूमध्ये बिस प्रतिशतको माग स्वीकार गर्ने गरिएको यहाँका शरणार्थी र राज्यविहिनसम्बन्धी विभागका दिर्क भान देन बुल्कले बताएको यहाँका डचभाषी पत्रिकाहरूले उल्लेख गरेका छन् । सन् २०१० मा ३७६ जना समलिङ्गीले शरण मागेकोमा २०१३ मा यो सँख्या करिब एक हजार पुगेको छ ।

Gaysबेल्जियन अधिकारीहरूले रसिया र अफ्रिकाका केही देशहरूमा समलिङ्गीप्रतिको रवैया कडा बन्नु सँख्या बढोत्तरीको एक कारण रहेको बताएका छन् ।

आप्रवाससम्बन्धी राज्यमन्त्री मागी द ब्लकको कडा आप्रवास नीति लागू भएपछि बेल्जियममा शरणार्थीको सँख्या घट्दो छ भने उनको चर्चित नीति र परिणामका कारण देश कै सर्वाधिक लोकप्रीय राजनीतिज्ञ बनेकी छन् । तर, समलिङ्गी शरणार्थीहरूका निम्ति भने यो उत्साहजनक समाचार बनेको छ ।